November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

झगडा छुट्टाउने क्रममा युवकको मृत्यु

काठमाडौं । रौतहटमा झगडा छुट्टाउने क्रममा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चन्द्रपुर नगरपालिका–४ घर भएका ३० वर्षीय विष्णु सुवेदी रहेका छन् ।

प्रहरीकाअनुसार झगडा छुट्टाउने क्रममा सुवेदीलाई धकेल्ने बारा निजगढ नगरपालिका–६ घर भएका ३८ वर्षीय विमल मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Advertisement