November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

एकैदिन तोलामा साढे २० हजार बढ्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा आइतबार सुन–चाँदीको भाउ बढेको छ ।

शुक्रबार तोलामा पाँच हजार ६ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला २० हजार पाँच सय रूपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ११ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ ।

Advertisement

शुक्रबार सुन प्रतितोला दुई लाख ९० हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो ।

भाउ बढेसँगै यसको मूल्य ३ लाख ११ हजार १०० पुगेको छ ।

यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ ।

शुक्रबार प्रतितोला पाँच हजार ४० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार तीन सय ४५ रूपैयाँमा किनबेच भइरहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय पाँच रूपैयाँ बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार पाँच सय ४० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।