अब नेपालको बाटो भएर तेस्रो मुलुक जान पाइने
काठमाडौं । लामो समय रोकिएको विदेशी नागरिकलाई नेपालको बाटो भएर तेस्रो मुलुक जान नपाउने प्रतिबन्ध सरकारले हटाएको छ । १३ वैशाख २०७८ सालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो मुलुक प्रस्थान गर्ने उद्देश्यले नेपाल आउन र यो विमानस्थललाई पारगमनका रूपमा प्रयोग गरी अन्य गन्तव्य जान नपाउने गरी रोक लगाएको थियो । तर, विमानस्थलभित्रै ट्रान्जिट गरी जानेका लागि...