प्रचण्डले गरे हर्क साम्पाङको प्रशंसाः ‘हाम्रा पार्टीका साथीहरुले प्रेरणा लिन सक्नुहुन्छ’
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङको खुलेर प्रशंसा गरेका छन् । शुक्रबार धरान उपमहानगरपालिकाले आयोजना गरेको वृक्षारोपणको श्रमदानमा सरिक हुँदै प्रचण्डले साम्पाङको श्रमलाई खुलेर प्रशंसा गरेका हुन् । उनले साम्पाङ्बाट धेरै प्रेरणा लिन सकिने बताए । उनले कम्युनिष्ट पार्टीले गर्नुपर्ने काम गरिरहेकाले पार्टी पंक्तिले नै प्रेरणा...