पूर्वराजपरिवारलाई बोलाएर कार्यक्रम गरेपछि दुर्गा प्रसाईलाई कारवाही गर्नुपर्ने एमालेभित्र चर्चा
काठमाडौं । एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईले पूर्व राजालाई बोलाएर कार्यक्रम गरेपछि एमाले वृत्तमा पार्टीभित्र राख्न नहुने चर्चा चलेको छ । पार्टीको केन्द्रीय सदस्यले नै पूर्व राजालाई अतिथि बोलाएर कार्यक्रम गरेपछि त्यसबारेमा छलफल गरी कारबाही गर्नुपर्ने आवाज उठेको हो । पार्टीले केन्द्रीय सदस्यहरुलाई ‘मिसन ग्रासरुट’, अभियान सञ्चालन गर्ने तयारी गरेको र पार्टीका नेताहरु गाउँ–गाउँ जान...