राष्ट्र बैंकले मौद्रिक नीति खुकुलो बनाउँदै जाने
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सुधारोन्मुख हुँदै जाँदा राष्ट्र बैंकले मौद्रिक नीति खुकुलो बनाउँदै जाने बताएका छन् । बुधबार आर्थिक मिडिया सञ्चालक संघ (इमान)ले आयोजना गरेको ‘अर्थतन्त्रको चुनौति र समाधानका उपाय’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । समग्र आर्थिक सन्तुलनका लागि आन्तरिक उत्पादन बढाउन पर्ने आवश्यकता भए...