सहिदको त्याग र बलिदान गणतन्त्रको प्रतिफल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिदको त्याग र बलिदान गणतन्त्रको प्रतिफल भएको बताएका छन् । सोमबार लेनचौरस्थित सहिद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सहिदको त्याग र बलिदानीबाटै मुलुकमा राजनीतिक परिवर्तन आएको बताएका छन् । सहिदहरुको योगदानको स्मरण गर्दै उनले भने– ‘२००७ देखि २०६३ सम्मको संघीय लोकतान्त्रिक गणतन्त्र आउनुमा सहिदको योगदान...