विश्वविद्यालय प्राध्यापक तथा विद्यालय शिक्षक एसोसिएसन नेपालको अध्यक्षमा वान्तवा
काठमाडौं । विश्वविद्यालय प्राध्यापक तथा विद्यालय शिक्षक एसोसिएसन नेपालको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । शनिबार सम्पन्न सम्मेलनले रामकुमार बान्तवाको अध्यक्षतामा एक सय तीन सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । सम्मेलनमा प्रमुख अतिथि नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष प्रमेश हमालले विश्वविद्यालय र विद्यालयका सबै अध्यापकहरू सिकाइको एउटै प्रक्रियामा रहने हुँदा भिन्नता नरहेको बताए ।...