बेलायती दुताबास पुगे प्रधानमन्त्री देउवा, महारानीको निधनप्रति लेखे शोक सन्देश
काठमाडौं । बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनप्रति काठमाडौंस्थित बेलायती दुतावासमा गएर गहिरो दुख व्यक्त गरेका छन् । शनिबार विहान दूतवास पुगेका देउवाले दुताबासमा राखिएको शोक पुस्तिकामा शोक सन्देश पनि लेखेका छन् । बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने महारानी एलिजाबेथले ७० वर्ष शासन गरेपछि ९६ बर्षको उमेरमा भदौ २३ गते बालमोरलमा निधन भएको हो ।...