राष्ट्रपतिबाट पाँच वटा विधेयक प्रमाणीकरण, नागरिकता विधेयक प्रमाणीकरण रोकियो
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक पदधारण गर्ने व्यक्तिको शपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसहित पाँच वटा विधेयक प्रमाणीकरण गरेकी छन् । तर नागरिकता विधेयक भने प्रमाणीकरण गरेकी छैनन् । राष्ट्रपति भण्डारीले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएका पाँचवटा विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण...