August 31, 2026, Monday
२०८३ भाद्र १६
1:37:26 pm

वन कार्यालयका प्रमुख ४० हजार घुससहित पक्राउ

काठमाडौं– धादिङको निलकण्ठ सव-डिभिजन वन कार्यालयका प्रमुख ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा सव-डिभिजन वन कार्यालयका प्रमुख ढअधिकृत आठौं तहका) कृष्ण प्रसाद पौडेल छन्।

सेवाग्राहीले फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठको सम्बन्धमा अनुसन्धान गर्ने भनी कागजात तयार गरी वन कार्यालयमा लगे पश्चात मुद्दा मिलाउने भनेर लिएको ४० हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले उनलाई पक्राउ गरेको हो।

पूर्व सूचनाको आधारमा अख्तिायार दुरुपयोग अनुसन्धान आयोगको काठमाडौं ट‌ंगालस्थित केन्द्रीय कार्यालयबाट खटिएको टोलीले पौडेललाई घुस लिइसकेको अवस्थामा उनकै कार्यकक्षबाट पक्राउ गरिएको हो। 

Advertisement