November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

बेचबिखनका लागि महिलाहरू कुवेत ओसार्ने व्यक्ति पक्राउ

काठमाडौं– आकर्षक काम र कमाइको प्रलोभन देखाएर नेपाली महिलाहरुलाई बेचबिखनका लागि भारतबाट श्रीलंका हुँदै खाडी मुलुक कुवेत ओसार्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ

मोरङ जिल्ला कटहरी गाउँपालिका ९ स्थायी घर भएको २९ वर्षिय राज चौधरी भन्ने राजेशकुमार चौधरीलाई मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको टोलीले यही मंसिर १६ गते पक्राउ गरेको हो। निज प्रतिवादी चौधरीले ४ जना महिलाहरुलाई वैदेशिक रोजगारीमा आकर्षक तलब दिलाई दिने प्रलोभनमा पारी गैरकानुनी रुपमा भारत, श्रीलंका हुँदै खाडी मुलुक कुवेत पुर्‍याई बेचबिखन गर्ने उद्देश्यले १५ दिनसम्म भारतको दिल्लीमा बन्धक बनाएर राखेका थिए।

बन्धक बनाएको अवस्थामा निज चौधरीले शारीरिक तथा मानसिक शोषणसमेत गरेका थिए। पीडित महिलाहरु त्यहाँ कोही नभएको मौकामा भागेर भारतीय प्रहरी सामु पुगेपछि उनीहरु शान्तिपुनर्स्थापना केन्द्रको समन्वयमा नेपाल फर्किएका थिए।

Advertisement