November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

चीन पुर्‍याएर मानव बेचबिखन गर्ने तामाङ पक्राउ

काठमाडौं– चीन पुर्‍याएर मानव बेचबिखन गरेको आरोपमा मानव बेचबिखन अनुसन्धान ब्यूरोले एक जनालाई पक्राउ गरेको छ।

मानव बेचबिखन गरेको आरोप लागेका काभ्रेको रोशी गाउँपालिका–४ घर भई ललितपुर पाटन बस्ने ३२ वर्षीय किरण तामाङलाई सोमबार सानेपाबाट ब्यूरोको टोलीले पक्राउ गरेको हो।

चीनमा व्यापार तथा रोजगार गर्ने प्रलोभन देखाएर ५० वर्षीया एक महिलालाई तामाङले गत वर्षको पुस २५ गते आफूसँगै चीन लगेका थिए। चीनको सान्दोङ प्रान्त हेज शहरको ताङ–लो टोलमा बस्ने ताम्पु थोङ भन्ने चिनियाँ नागरिकको घरमा पुर्‍याएर तामाङले ती महिलालाई बेचेका थिए।

Advertisement

चिनियाँ नागरिक थोङले ती महिलालाई शारीरिक र मानसिक यातना दिई बन्धक बनाइराखेका थिए।