विराटनगर । सुनसरीमा जबरजस्ती करणी मुद्धाका फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्जु गाउँपालिका–१ का २६ बर्षीय प्रेम बहादुर गुरुङ रहेका छन् ।
प्रहरीका अनुसार २०७९ असार महिनामा १० बर्षीया बालिकालाई जबरजस्ति करणीगरी घटनास्थलबाट नै फरार रहेका गुरुङलाई यही बैशाख १४ गते दाङको तुलसीपुरबाट प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका गुरुङको सम्बन्धमा ईलाका प्रहरी कार्यालय दुहवीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।