November 13, 2026, Friday
२०८३ कार्तिक २७
1:37:26 pm

मोवाईल बिक्रीको नक्कली विज्ञापन राखी ठगी गर्ने व्यक्ति पक्राउ

काठमाण्डौं । अनलाइनमा मोवाईल बिक्रीको नक्कली विज्ञापन राखी ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषा जनकपुर उपमहानगरपालिका वडा नं. ०४ बस्ने १९ वर्षीय आदित्य कर्ण रहेका छन् ।

प्रहरीका अनुसार उनले फेसबुक, ह्वार्टस्एप, इन्टाग्राम, भाइबरजस्ता सामाजिक संजालहरूको दुरूपयोग गरी अनलाइनमा विभिन्न पेज, वेभराइटका अकाउन्ट बनाई खोली सस्तो मूल्यमा महँगो ब्राण्डका विभिन्न मोडेलका आईफोन तथा मोबाईल सेटहरूको बिक्रिमा छ भनेर विज्ञापन गर्ने गर्थे ।

मोबाईल सेटहरू किन्नको लागी ग्राहकहरू सम्पर्कमा आएमा निजहरूसँग कुराकानी गरी आफ्नो फरक परिचय बताई पोखरा, चितवनलगायतका स्थानहरूमा मोवाईल पसल छ भनी कुरियर, कार्गो लगायतका माध्यमबाट मोवाईल डेलिभरी गरी पठाई दिन्छु भनी अर्डर बमोजिमको मोवाईल उपलब्ध नगराई १५ जना पिडितहरूलाई अक्षरूपी रु. चार लाख पचासी हजार रकम ठगी गरेका थिए ।

Advertisement

कर्णलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागी जिल्ला प्रहरी परिसर, टेकु, काठमाण्डौं पठाईएको छ ।