काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाललाई दुर्व्यवहारको गरेको भन्दै पार्टीले भर्त्सना गरेको छ । पार्टीका उपमहासचिव तथा कार्यालय सचिव डा.गंगालाल तुलाधरले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै दुर्व्यवहारको भर्त्सना गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘सम्मानित नेता झलनाथ खनालमाथि केही पुनरुत्थानवादीहरुका मतियार अराजक तत्वहरूले कार्यक्रमलाई बिथोल्ने नियतले हो–हल्ला गर्ने, नारावाजी गर्ने, तोडफोड गर्ने र अभद्र ढंगले दुर्व्यवहार र अपमानित गरेको घटनाप्रति हाम्रो पार्टी घोर भर्त्सना गर्दछ ।’
विज्ञप्तिमा उक्त घटनामा संलग्न रहेका उत्शृंखल तत्त्वहरूलाई सरकारले कठोर कारवाही गरोस् भन्ने पनि माग गरिएको छ ।