November 13, 2026, Friday
२०८३ कार्तिक २७
1:37:26 pm

ज्यान सम्बन्धी कसूर अपराधका फरार व्यक्ति १३ वर्षपछि पक्राउ

काठमाडौ । ज्यान सम्बन्धी कसूर अपराधका फरार प्रतिवादी सिरहा गोलबजार नगरपालिका–१३ बस्ने ५१ वर्षीय जगदिश पासवानलाई घटनाको १३ वर्षपछि शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार गोलबजार बस्ने राम बिलास यादवले गाउँमा नराम्रो काम गर्दै हिँडेको भन्ने विषयलाई लिएर छलफल गराउने भन्ने कुरामा दुवै पक्षबीच भएको विवादमा रामले २०६७ वैशाख २८ गते राति गोली प्रहार गर्दा गोलबजार नगरपालिका–१३ बस्ने बेचन पासवानलाई हातमा र दाजु नथुनी पासवानलाई छातीमा गोली लागि घाइते भएकोमा नथुनी पासवानको घटनास्थलमै मृत्यु र जगदिशले रामलाई कुटपिट गर्दा रामको समेत मृत्यु भएको घटना अनुसन्धानको क्रममा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले
घटनामा संलग्न जगदिशलाई गोलबजार काशीपुर सलेस मन्दिर नजिकबाट पक्राउ गरेको हो ।

उनलाई थप आवश्यक कानुनी कारवाहीको लागि ईलाका प्रहरी कार्यालयल मिर्चौयामा बुझाइएको छ ।

Advertisement