November 13, 2026, Friday
२०८३ कार्तिक २७
1:37:26 pm

४ लाख धरौटी बुझाएर छुटे मदन राई, फैसला नहुन्जेल फाउन्डेशनमा जान नपाउने

काठमाडौं । बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका मदन राई धरौटीमा छुटेका छन् । खोटाङ जिल्ला अदालतका न्यायाधीश शुभाषबाबु पुरीको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

उनी ४ लाख धरौटी बुझाएर छुटेका उनी शुभद्रा मदन फाउन्डेसन (शुभम)मा भने जान नपाउने भएका छन् । यस मुद्दाको फैसला नहुञ्जेलसम्म उनलाई आफ्नो फाउन्डेशनमा नजान इजलासले आदेश दिएको हो ।

त्यहाँका बालबालिकाको संरक्षण गर्ने जिम्मा नगरपालिका र बाल कल्याण परिषदलाई दिएको छ ।

Advertisement