November 13, 2026, Friday
२०८३ कार्तिक २७
1:37:26 pm

बसभित्र ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार, दुईजना पक्राउ

काठमाडौं । दाङमा एक वृद्धामाथि बसभित्र सामूहिक बलात्कार भएको छ । बलात्कारको आरोपमा दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१५ का ३० वर्षीय पुष्कर रोका र सल्यान कुमाख गाउँपालिका–७ का २० वर्षीय रेशम विक रहेका छन् ।

प्रहरीका अनुसार बिहीबार राति तुलसीपुर उपमहानगरपालिका–५ स्थित बसपार्कमा पार्किङ गरेर राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र प्युठानकी ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार भएको हो ।

Advertisement

वृद्धामाथि बलात्कार भइरहेको सूचना पाएपछि सूचनाको आधारमा घटनास्थलमा पुगेर उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।