November 13, 2026, Friday
२०८३ कार्तिक २७
1:37:26 pm

लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ

बिराटनगर । झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो साँझ साढे ७ बजे झापाको मेचीनगर नगरपालिका–६ स्थितमा बिषेश सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको पैदल यात्री इलाम चुलाचुली गाउँपालिका– ४ का २७ वर्षीय धिरज हिङमाङ्लाई चेकजाँच गर्ने क्रममा उनको साथबाट ३५ ग्राम ब्राउन सुगर फेला परि नियन्त्रणमा लिएको हो ।

यसैगरी मोरङको बिराटनगर महानगरपालिका– १६ दरैया स्थितमा भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री धरान उप–महानगरपालिका–१५ का ३६ वर्षीय पूर्ण तामाङलाई लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको टोलीले शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट २ ग्राम ९४ मिलिग्राम ब्राउन सुगर फेला पारेसँगै पक्राउ गरेको हो ।

Advertisement

लागुऔषधसहित पक्राउ गरेको उनिहरूको सम्बन्धित प्रहरी कार्यालयहरूबाट थप अनुसन्धान भईरहेको छ ।