November 13, 2026, Friday
२०८३ कार्तिक २७
1:37:26 pm

प्रतिबन्धित लागुऔषध सहित ५ जना पक्राउ

विराटनगर । झापा र मोरङको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र औषधी सहित ५ जनालाई प्रहरी पक्राउ गरेको छ ।

आइतबार साँझ साढे ७ बजे झापाको मेचीनगर नगरपालिका–१३ चारआली चौकस्थित प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले सुर्योदय नगरपालिका–११ ईलामका २६ बर्षीय किरण राईलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट ६ ग्राम ब्राउन सुगर बरामद गरेको हो ।

त्यसैगरी मोरङको बिराटनगर महानगरपालिका–१५ ढाटमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भरातबाट नेपालतर्फ आउदै गरेको को.३४ प ९७८४ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा मोटरसाईकल चालक ४० बर्षीय दिपक घिसिङ तामाङको साथबाट ५ ग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिइएको छ ।

Advertisement

प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरी टोलीले मोरङको कानेपोखरी–६ स्थित को १९ प ३७४० नम्बरको स्कुटी रोकी एक–आपसमा कुरा गरिरहेका अवस्थामा फेला पारी चेकजाँज गर्न क्रममा स्कुटीमा लुकाईछिपाई राखेको अवस्थामा ट्रामाडोल ९० चक्की र स्पास्पेन १ सय २३ चक्की फेला पारे सगै स्थानीय ३० बर्षीय सुमन लम्बु, २७ बर्षीय विश्वास लिम्बु र धरान–७ का २० वर्षीय सुमन लिम्बुलाई स्कुटि सहित पक्राउ गरेको छ ।