August 29, 2026, Saturday
२०८३ भाद्र १४
1:37:26 pm

होलीको दिन ललितपुरको ढोलाहिटीमा ग्याङ फाइट, दुई जनाको मृत्यु

काठमाडौं । ललितपुरको ढोलाहिटीमा ग्याङ फाइट हुँदा दुई जनाको मृत्यु भएको छ । झडपमा परी सुनसरी घर भई ढोलाहिटी बस्ने करिब २८ वर्षीय रोबर्ट राई र पाँचथर घर भई खुमलटार बस्ने ३० वर्षीय पुजन राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गएराति करिब ११ बजे ललितपुर महानगरपालिका वडा नम्बर २६ ढोलाहिटीमा भएको झडपमा परी घाइते भएका दुवैजनालाई अस्पताल लगेपछि मात्रै प्रहरीलाई जानकारी भएको थियो । उक्त खबरपछि प्रहरीले राति नै १८ जनालाई नियन्त्रणमा लिएको छ ।

उनीहरूमाथि छुरा प्रहार भएको र छुरा प्रहारबाट एकजनाको तिघ्रा र एकजनाको छातीमा चोट देखिएको प्रहरीले जनाएको छ। प्रहरीले राति नै सिसिटिभी फुटेज हेरेर संलग्न व्यक्तिहरूको खोजी गरेको थियो।

Advertisement

रोबर्ट को शव पाटन अस्पतालमा राखिएको छ भने पूजनको शव सुमेरु अस्पतालमा छ । पोस्टमर्टममा लागि पूजनको शव पनि पाटन अस्पताल नै लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।