काठमाडौं । रूपन्देहीमा छोरीको हत्या आरोपमा बुबा पक्राउ परेका छन्। पक्राउ पर्नेमा कंचन गाउँपालिका-५ बर्गदवा बस्ने ४८ वर्षीय नारायणबहादुर घर्ती क्षेत्री रहेका छन् ।
प्रहरीका अनुसार उनलाई १७ वर्षीया अञ्जली घर्ती क्षेत्री (छोरी) को हत्या आरोपमा बिहीबार बिहान पक्राउ गरिएको हो ।
नारायणले प्रहरीलाई दिएको बयान अनुसार पारिवारिक घर झगडाका कारणले ती किशोरी घर छोडेर हिडेँकी थिइन्। खोजतलास गर्ने क्रममा बुटवल उपमहानगरपालिका-४ लुम्बिनीस्थित मालिका होटल एण्ड लजमा फेला परेपछि घर जान नमानेपछि आवेगमा फलामको रडले हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।
किशोरीको मृत्यु पश्चात उनका बुबालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ।