November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

सौतेनी आमाको हत्या आरोपमा छोरा पक्राउ

विराटनगर । इलाममा सौतेनी आमाको हत्या आरोपमा छोरा पक्राउ परेका छ्न् । माई नगरपालिका-२ दिपु डाँडा स्थितमा सौतेनी आमाको हत्या आरोपमा छोरालाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार आइतबार राती ११ बजे मादक पदार्थ सेवन गरेर घर आएका २१ वर्षीय सन्देश दियालीले घरायसी विवादको क्रममा आफ्नै सौतेनी आमा ३१ वर्षीया नेत्र माया खवासलाई धारीलो हतियार बाम्फोकले शरीरको विभिन्न भागमा प्रहार गर्दा खवासको दाहिने हात पूर्ण रुपमा छिनेको थियो भने टाउकोमा समेत गम्भीर चोट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रहरी चौकी दानबारीबाट घटनास्थलमा खटिएको टोलीले हत्यामा संलग्न दियालीलाई धारीलो हतियारसहित नियन्त्रणमा लिएको थियो भने अन्य थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

Advertisement