बुटवल । अश्लील भिडियो बनाएर ब्ल्याक मेल गर्दै एकल महिलालाई पटकपटक करणी गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १३ मा बस्ने ३६ वर्षीय सिद्धार्थ गुरुङ रहेका छन् ।
एकल महिलालाई ब्ल्याक मेल गरी धम्की दिएर जबरजस्ती करणी गरेको अभियोगमा गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई महिलाले दिएको उजुरीको आधारमा पक्राउ गरिएको खुलेको हो ।
गुरुङले सुरु सुरुमा ती महिलालाई दिदी भनेर नाता लगाएको र पछि अश्लील भिडियो बनाएर पटकपटक बलात्कार गरेको महिलाको आरोप छ । ती महिला र गुरुङ केही समय व्यापारिक साझेदार समेत रहेको खुलेको छ ।