झापा । झापाको दमकमा गोली प्रहारबाट एक विद्यार्थी घाइते भएकी छिन्। प्रहरीका अनुसार शुक्रबार दिउँसो साढे १२ बजेतिर सिरहा घर भएका ३० वर्षीय अमितकुमार साहले एक छात्रामाथि गोली प्रहार गरेको हो।
गोली प्रहारबाट उदयपुर घर भई दमकमा डेरा बसेर पढ्दै गरेकी १८ वर्षीया एनिका अधिकारीलाई घाइते भएकी हुन् ।अधिकारी हिमालय माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत छिन् । उनी कक्षा १२ को परीक्षा दिएर डेरा फर्किंदै थिइन् ।
गोली लागेर उनको दाहिने हातमा चोट लागेको प्रहरीको भनाइ छ । दमकस्थित लाइफ लाइन अस्पतालमा उनको उपचार भइरहेको छ। गोली हानेर फरार अभियुक्तको खोजी भइरहेको छ