विराटनगर । मोरङमा नेपाली नक्काली नोटसहित एक महिला पक्राउ परेकी छिन् । रङगेली नगरपालिका-९ दोहमनाबाट नेपाली नक्कली नोटसहित एक महिलालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
उक्त स्थानमा नक्कली नोटको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रङगेलीबाट खटिएको प्रहरी टोलीले सुनवर्सी नगरपालिका-५ टकुवाकी ४० बर्षीया कुरेसा खातुनलाई ५ सय दरका १८ थान (नौ हजार) नेपाली नक्कली नोट सहित पक्राउ गरेको हो ।
नेपाली नक्कली नोट सहित पक्राउ परेकी खातुनको सम्बन्धमा प्रहरीले अन्य थप अनुसन्धान गरिरहेको छ ।