काठमाडौं । कपनबाट पेस्तोलसहित एक युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका वडा नम्बर २ घर भई बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ११ कपन पैयुटारमा डेरामा बस्दै आएका २३ वर्षीय अर्जुन दर्नाल सुनार रहेका छन् ।
प्रहरीका अनुसार शुक्रबार बिहान ६ बजे एक युवकलाई हतियार लुकाएर राखेको भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचनाको आधारमा खटिएको टोलीले उनलाई डेराबाटै पक्राउ गरेको हो ।
पक्राउ परेका उनीबाट दुईवटा पेस्तोल फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीमाथि हातहतियार खरखजाना शीर्षकमा अनुसन्धान अघि बढाएको छ। काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।