November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

चिन्ता बसेको ठाउँमा कुटपिट, एकको मृत्यु

पाँचथर । पाँचथर स्थित फिदिम नगरपालिका–१४ लुङरुपमा धामि बसिरहेको ठाँउमा कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ ।

आक्रमणमा परि घाईते भएका ३७ वर्षीय दिनेशकुमार राईको उपचारको क्रममा मृत्यु भएको हो ।

मृत्यु भएको घटनामा संलग्न भएको आरोपमा तीन जना पक्राउ परेका छन् । हत्यामा संलग्न भएको आरोपमा पक्राउ पर्नेमा शिशिर राई, दिनेश मगर र विजय नेम्बाङ रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपि हेमन्त बहादुर क्षेत्रीले जानकरी दिए ।

Advertisement

रातीको समयमा चिन्ता बसिरहेको ठाँउमा आएको समुहकोकुटपिट पछि घाईते पाँचथर अस्पतालमा उपचारका लागि ल्याइएकोमा शुक्रबार विहान मृत घोषणा भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।स्थानिय धनकुमार राईको घरमा धामि राखिएको थियो । कुटपिटमा परी धुव्र राई, पर्शु राई र धुब्र विक घाईते भएका छन् ।