काठमाडौं । कोटेश्वरस्थित एक गेष्टहाउसबाट ६ जना बालिकाको उद्धार गरिएको छ ।
रामेछापका नवीन थापाले सञ्चालन गरेको ‘रामेछाप खाजाघर एण्ड गेष्ट हाउस’मा बालिकालाई असामाजिक काममा लगाउने गरेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका कर्मचारीले गेष्ट हाउसबाट उनीहरूलाई गए राति उद्धार गरेका हुन् ।
प्रहरीका अनुसार गेष्ट हाउसमा बालिकालाई आर्थिक प्रलोभनमा पारी ललाइफकाई असामाजिक काममा लगाएको जानकारी प्राप्त भएपछि उनीहरूको उद्धार गरिएको हो ।
गैरकानुनी गतिविधिमा संलग्न भएको अभियोगमा थापा र काठमाडौंको कागेश्वरी मनोहराका उज्ज्वल खड्कालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।