काठमाडौं । महोत्तरीमा एकजनाले श्रीमतीको कुटपिट गरी हत्या गरेका छन् । गाउँपालिका–१ सोनुखडा गाउँका ४५ वर्षीय हबिब नदाफले ३६ श्रीमती वर्षीया रोशना खातुनको कुटपिट गरी हत्या गरेका हुन् ।
प्रहरीका अनुसार श्रीमतीसँगको घरायसी झगडामा हबिबले शनिबार रोशनालाई निर्घात कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएका उनको समयमै उपचार नहुँदा मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
रोशनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइको र घटनापछि फरार भएका नफादको खोजी भइरहेको प्रहरीले जनाएको छ ।