November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

श्रीमतीको हत्या गरेको अभियोगमा एक पुरुष खुकुरीसहित पक्राउ

विराटनगर । झापामा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–८ शिवालय टोल बस्ने ४७ वर्षीय ओम प्रकाश अधिकारी रहेका छन् ।

३० वर्षीया रन्जना गौतम अधिकारीको हत्या गरेको अभियोगमा मंगलबार साँझ उनलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार ओम प्रकाशले घरायसी बिवादको कारण खुकुरी प्रहार गर्दा रन्जनाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले ओम प्रकाशलाई खुकुरीसहित पक्राउ गरेको हो ।

Advertisement

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।