काठमाडौं । तेह्रथुममा एक महिनादेखि हराएका व्यक्ति जङ्गलमा सडेको अवस्थामा फेला परेका छन् । कातिक ११ देखि बेपत्ता रहेका आठराई २ खाक्लालुङ बस्ने ३५ वर्षीय मनाहाङ लिम्बू घर नजिकैको जंगलमा मृत फेला परेका हुन् ।
पत्रकार मनोज तेयुङका अनुसार स्थानीयले अलैची गोढ्नका लागि जंगलमा जादा सडेको अबस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । उक्त शव यसअघि बेपत्ता रहेका मनाहाङ लिम्बुको भएको परिवारलाई उद्वत गर्दै समन्वय समिती तेह्रथुमका प्रमुख गुमानसिङ ईश्वोले बताएको तेयुङले बताएका छन् ।
गत असोज १३ गते घरबाट बेपत्ता भएका मनाहाङको खोजिका लागि स्थानीयले प्रहरीमा जाहेरी समेत दिएका थिए । घरमा कसैलाई नभनि बेपत्ता भएका मनाहाङको यसअघि गाउँलेहरुले सबै ठाउमा खोजी गरे पनि भेट्टाएका थिएनन् । करिब १ महिनापछि घर नजकैको जंगलको रुखमा डोरीसहित भुईमा लत्रिएको अबस्थामा फेला परो हुन् ।
घटनाबारे प्रहरीले मुचुल्का चयार गरी पोष्ट मार्टम र कानुनी प्रक्रियाका लागि अगाडि बढाईएको समन्वय समिति प्रमुख ईश्वोले जानकारी दिएका छन् ।