विराटनगर । झापा, मोरङ र सुनसरीबाट लागू औषध बेचबिखनमा संलग्न दुई महिलासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार भद्रपुर नगरपालिका-५ मा चेकजाँच गर्ने क्रममा भारत दार्जेलिङका गोपाल बैधलाई ३ ग्राम ७३० मिलिग्राम ब्राउन सुगर लसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी सुनसरीको धरान- ११ कि रोशनी राई र धरान-१५ की खुशी राई औषध ट्रामाडोल १५० क्याप्सुल र स्पास्पेन १६५ ट्याब्लेटसहित पक्राउ परेका छन् ।
चेकजाँचकै क्रममा मोरङको इलाका प्रहरी कार्यालय सिजुवाले पथरी शनिश्चरे नगरपालिका-१ का अशोक बराईलीलाई नाईट्राजाम र स्पास गरी जम्मा २८ ट्याब्लेट सहित पक्राउ गरेको छ ।