काठमाडौं । बारामा भएको आमाछोरा हत्या प्रकरणमा बुहारी मनिता मण्डल पक्राउ परेकी छन् ।
पक्राउ परेकी मनितालाई हिरासतमा राखी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार आज बिहान ३ बजे बाराको परवानीपुर गाउँपालिका-१ रहरियाडीकी ५२ वर्षीया सुमित्री देवी र उनका छोरा ३२ वर्षीय रामेश्वर मण्डलको हत्या भएको थियो।
सुमित्राको परिवार सुतिरहेको समयमा घरभित्र छिरेर एक व्यक्तिले अन्धाधुन्ध धारिलो हतियार प्रहार गरेका थिए। सोही घरमा रहेकी बुहारीलाई चोटपटक छैन ।
हत्यामा संलग्न अन्य व्यक्तिका विषयमा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।