November 9, 2026, Monday
२०८३ कार्तिक २४
1:37:26 pm

सुनको सिक्री चोरेको आरोपमा युवक पक्राउ

काठमाडौं । अछामको साँफेबगर नगरपालिका ४ छिपेखोलामा सुनको सिक्री चोरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको पकाहा मैनपुर गाउँपालिका–५ बस्ने ३१ वर्षीय उमेश राय छन् ।

रायमाथि रास्वपाका वरिष्ठ नेता बालेन शाह सहभागी कार्यक्रम हेर्न गएकी साँफेबगर नगरपालिका–५ नौंठाना बस्ने ४० वर्षीया सत्यदेवी कुँवरले घाँटीमा लगाएको १२ दशमलव १७ ग्राम तौलको सुनको सिक्री चोरेको आरोप छ ।

सिक्री हराएको सूचनापछि इलाका प्रहरी कार्यालय साँफेबगरको टोलीले रायलाई नियन्त्रणमा लिएको हो ।

Advertisement

उनलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।