November 9, 2026, Monday
२०८३ कार्तिक २३
1:37:26 pm

केन्द्रीय कारागारमा झडप हुँदा एकजना घाइते

काठमाडौं। काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारमा झडप हुँदा एकजना घाइते भएका छन् । कारागार भित्र रहेको महिला बन्दीगृहमा महिला बन्दीगृहकी चौकीदार विष्णु मल्लको समूह र अन्य कैदीबन्दीबिच झडप हुँदा एक जना घाइते भएको हो ।

प्रहरीका अनुसार कारागार भित्र सामानको मूल्यको विषयमा विवाद हुँदा चौकीदार र अन्य कैदीबन्दीको बिचमा झगडा भएको थियो । अहिले स्थिति नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

महिला बन्दीगृहकी चौकीदार विष्णु मल्ल हुन् । उनी ज्यान मार्ने उद्योग कसुरमा कारागारमा थुनामा परेकी थिइन् ।

Advertisement