November 8, 2026, Sunday
२०८३ कार्तिक २३
1:37:26 pm

इनिसा विकको मृत्यु जवरजस्ती करणीबाट भएको पुष्टि

२०८२ फाल्गुन २८

काठमाडौं । इनिसा विकको मृत्यु यौनाङ्गको भित्री भाग च्यातिएर अत्यधिक रक्तश्रावका कारण भएको पुष्टि भएको छ । विशेषज्ञ चिकित्सकको टोलीले प्रहरीलाई बुझाएको पोस्टमार्टम रिपोर्टमा उनको मृत्युको प्रारम्भिक कारण खुलेको हो ।

पोस्टमार्टममा संलग्न चिकित्सक एवं भेरी अस्पतालका फोरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यल डा. अर्विन शाक्यले मृतकको ढाडमा घस्रिएको चोटपटक लागेको र यौनाङ्गको बाहिरी र भित्री भाग च्यातिएको पाइएकोे बताएका छन् ।

सुर्खेतको गुर्भाकोट नगरपालिकाकी १६ वर्षीया इनिसा बिकको मृत्युबारे थप अनुसन्धान गर्न केन्द्रीय अनुसन्धन ब्युरो सिआइबीको टोली सुर्खेत पुगेको छ ।

Advertisement

विक हत्याका दोषीमाथि कारबाहीको माग गर्दै देशका विभिन्न ठाउँमा प्रर्दशन भइरहेको छ ।