November 8, 2026, Sunday
२०८३ कार्तिक २२
1:37:26 pm

महिलालाई प्रलोभनमा पारेर सम्पत्ति कब्जा गरेको आरोपमा पक्राउ

काठमाडौं । दाङमा महिलालाई प्रलोभनमा पारेर सम्पत्ति कब्जा गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

एक महिलाको उजुरीका आधारमा काभ्रेपलाञ्चोक पनौती नगरपालिका–२ घर भई हाल धुलिखेल नगरपालिका–५ श्रीखण्डपुरमा बस्दै आएका ४० वर्षीय उमेश सापकोटालाई प्रहरीले पक्राउ गरेको हो ।

सापकोटामाथि महिलालाई विभिन्न प्रलोभन देखाई सम्पत्ति कब्जा गरेको आरोप लागेको प्रहरीले जनाएको छ । साथै, उनीविरुद्ध जबरजस्ती करणीसम्बन्धी उजुरी समेत दर्ता भएको छ ।

Advertisement

सापकोटालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले बिहीबार नियन्त्रणमा लिएको हो ।