November 7, 2026, Saturday
२०८३ कार्तिक २२
1:37:26 pm

पूर्वाधार विकास कार्यालयको बोर्डमा मोबिल छर्किने दुई जना पक्राउ

पर्सा । पर्साको वीरगञ्जस्थित पूर्वाधार विकास कार्यालयको बोर्डमा मोबिल छर्कने र कर्मचारीमाथि अभद्र व्यवहार गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका वडा नं. ११ का ३३ वर्षीय जयपुजन ठाकुर लोहार र वडा नं. १३ राधेमाई बस्ने ३० वर्षीय मनमोहन पाण्डे रहेका छन् ।

प्रहरीका अनुसार उनीहरूले मंगलबार बिहान करिब सवा ९ बजे वीरगञ्ज महानगरपालिका वडा नं. २३ मा रहेको कार्यालय परिसरभित्रै पुगेर उनीहरूले उदण्डता प्रदर्शन गरेका थिए ।

Advertisement