November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

जेनजी आन्दोलनमा कारागारबाट फरार कैदी मोबाइल चोरी गर्दा पुनः पक्राउ

बागलुङ । जेनजी आन्दोलनको क्रममा कास्की कारागारबाट फरार भएका एक कैदी बागलुङमा मोबाइल चोरी गरेको अभियोगमा पुनः पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बागलुङ जिल्ला बागलुङ नगरपालिका वडा नम्बर ७ बस्ने ३४ वर्षका मिठु किसान भन्ने सुरेश बोहोरा रहेका छन् ।

बोहोरालाई बागलुङ जिल्ला अदालतको २०८० साल जेठ २ गतेको आदेशले नकबजनी चोरी मुद्दामा तीन वर्ष एक महिना कैद र ३० हजार रुपैयाँ जरिवाना हुने गरी फैसला सुनाएको थियो । सोही फैसला बमोजिम कारागार कार्यालय कास्कीमा थुनामा रहेका उनी आन्दोलनको मौका छोपेर कारागारबाट भागेका थिए ।

Advertisement

फरार रहेका बोहोराले मिति गत जेठ १ गते दिउँसोको समयमा बागलुङ नगरपालिका वडा नम्बर २ शिवधाराचोकस्थित खड्क बहादुर खत्रीको पसलबाटको मोबाइल चोरी गरेर भागेका थिए । मोबाइल चोरी गरेर भागेको सोही कसूरमा प्रहरीले उनलाई पुनः पक्राउ गर्न सफल भएको हो।