November 7, 2026, Saturday
२०८३ कार्तिक २२
1:37:26 pm

भारतमा अलपत्र परेका ४५३ नेपालीको उद्धार

भारतमा अलपत्र परेका ४५३ जना नेपाली नागरिकहरुको उद्धार गरी नेपाल ल्याइएको छ ।

रोजगारीको प्रलोभनमा परी भारतको कुशीनगर जिल्लामा अलपत्रमा परेका उनीहलाई भारतस्थित नेपाली राजदूतावास र भारतीय प्रहरीको समन्वयमा उद्धार गरी शनिवार भैरहवा ल्याइएको हो ।

प्रहरीका अनुसार उद्धार गरिएका ल्याइएका नेपाली नागरिकहरू विभिन्न जिल्लाका हुन् ।

Advertisement

उद्दार गरेर जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखिएका उनीहरुलाई परिवारको जिम्मा लगाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

उनीहरू नेटवर्किंङ व्यवसायमा राम्रो आम्दानीको प्रलोभनमा भारत पुगेका थिए ।