November 7, 2026, Saturday
२०८३ कार्तिक २२
1:37:26 pm

घरायसी विवादमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, ८ वर्षीय छोरा घाइते

काठमाडौं । भक्तपुरमा एक पुरुषले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । जिल्लाको छालिङ्ग सडकस्थित नेपाली सेनाको ब्यारेक पछाडी डेरा गरि बस्दै आएका एक युवकले श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार काठमाडौंको शंकरापुर नगरपालिका–६ नाङ्लेभारे घरभई खरिपाटी सैनिक ब्यारेक पछाडि भाडाको कोठामा बस्दै आएका ३८ वर्षीय विदुर विश्वकर्माले घरायसी विवादमै बिहीबार बिहान ३३ वर्षीया श्रीमती सलिना तोलाङ्गे विश्वकर्मालाई आफ्नै डेरामा खुकुरी प्रहार गरी हत्या गरेको गरेका हुन् ।

सोही घटनामा घटनामा आठ वर्षका छोरा त्रिशल विश्वकर्मा पनि खुकुरी प्रहारबाट घाइते छन् ।

Advertisement

प्रहरीले खुकुरी प्रहार गर्ने विश्वकर्मालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको जवेगुले जानकारी दिए ।