September 2, 2026, Wednesday
२०८३ भाद्र १७
1:37:26 pm

आज ९.९४ अंकले बढ्यो परिसूचक

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकको उकालो यात्राले बुधबार पनि निरन्तरता पाएको छ। बुधबार परिसूचक ९.९४ अंकले बढेर २६११.४५ बिन्दुमा कायम भएको छ।

बुधबार २०३ वटा कम्पनीको १ करोड ७६ लाख ८८ हजार २७१ कित्ता सेयर ७६ हजार ६३० पटक खरिद बिक्री हुँदा ८ अर्ब ३ करोड ५५ लाख १० हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

बैंकिङ, व्यापार, विकास बैंक र अन्य समूहको उपसूचक २९.७७, ५९.०६, ३.५६ र १०.४३ अंकले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ।

Advertisement

सबैभन्दा धेरै जीवन बिमा समूहको उपसूचक १४४.८३ अंकले घटेको छ। त्यस्तै होटल समूह १५.४५, जलविद्युत समूह १४.४४, वित्त समूह १.१२, निर्जीवन बिमा समूह १३६.५९, उत्पादन समूह ८६.४१ र लघुवित्त समूह ४५.६४ अंकले घटेको छ। 

आज सबै भन्दा धेरै नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा)को ६९ करोड ४३ लाख ९१ हजार रुपैयाँ बराबरको १३ लाख ९७ हजार १३० कित्ता सेयर किनबेच भएको छ।