September 1, 2026, Tuesday
२०८३ भाद्र १६
1:37:26 pm

निफ्रामा प्रतिसेयर मूल्य ६६० पुग्यो

२०७७ फाल्गुन १०

काठमाडौं– धितोपत्रको दोस्रो बजारमा गतहप्ताबाट कारोबार शुरु गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सेयर मूल्यमा हरेक दिन ‘पोजेटिभ सर्किट’ लागिरहेको छ। 

शुरुवाती कारोबार मूल्य ३४० रुपैयाँ कायम भएर फागुन २ गतेबाट दोस्रो बजारमा कारोबार भएको निफ्राको प्रतिसेयर मूल्य सोमबारसम्म ६६० रुपैयाँ पुगेको छ।

सोमबार दिउँसो १२ः३० बजे कम्पनीको  ‘मार्केट डेफ्ट’ हेर्दा ११ लाख ८८ हजार ७७० कित्ता खरिदका लागि माग देखिएको छ भने बिक्री गर्न चाहनेको संख्या शून्य छ।

Advertisement

यसरी अस्वभाविक रुपमा सेयर खरिदमा देखिएको चाप अझै केहिदिन कायम रहँदा मूल्य थप बढ्न सक्ने अनुमान गरिएको छ। 

सूचीकृत सेयर संख्याको आधारमा हालसम्मकै सबैभन्दा ठूलो संस्था निफ्राको बजार पूँजीकरण सोमबारसम्ममा १ खर्ब ३२ अर्ब रुपैयाँ बराबर पुगेको छ।