September 2, 2026, Wednesday
२०८३ भाद्र १७
1:37:26 pm

आइतबारबाट सेयर निष्कसन गर्ने भनिएको ज्योति लाइफको आइपिओ शुक्रबारदेखि

२०७७ फाल्गुन १९

काठमाडाै‌–ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आइपिओ निष्कासनको मिति परिवर्तन गरेको छ। यसअघि आगामी आइतबार (फागुन २३ गते)बाट सेयर निष्कसनको तयारी गरेको कम्पनीले मिति परिवर्तन गरी शुक्रबार (२१ फागुन)देखि नै आइपिओे निष्कासन गर्ने भएको हो।

नियमित सेयर कारोबार खुल्ने दिनमा मेरो सेयरमा अधिक चाप पर्ने र त्यसले लगानीकर्तालाई समस्या हुने भएकाले शुक्रबारबाट मात्रै आइपिओे निष्कासन गर्न सिडिएससीले दिएको सुझावअनुसार कम्पनीले आइपिओ निष्कासन मिति परिवर्तन गरेको हो। 

कम्पनीले प्रतिकित्ता सय रुपैयाँ अंकित मूल्यमा ६६ करोड रुपैयाँबराबरको ६६ लाख कित्ता सेयर साधारण सेयर निष्कासन गर्न लगेको हो। कुल सेयरमध्ये ५ प्रतिशत अर्थात् तीन लाख ३० हजार सामूहिक लगानी कोषका लागि र ५ प्रतिशत अर्थात् तीन लाख ३० हजार कित्ता नै कर्मचारीको लागि सुरक्षित गरेर बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेको हो।

Advertisement

उक्त आइपिओमा छिटोमा फागुन २८ गते र ढिलोमा चैत ८ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।