September 2, 2026, Wednesday
२०८३ भाद्र १७
1:37:26 pm

सामान्य अंकले घट्यो नेप्से

२०७७ फाल्गुन २६

काठमाडौं– यो साता निरन्तर ओरालो लागेकाे नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक बुधबार पनि सामान्य अंकले घटेको छ। आज परिसूचक ३.४० अंकले घटेर २४५८.४८ अंकमा कायम भएको छ।

आज २०५ वटा कम्पनीको ७८ लाख १६ हजार कित्ता सेयर ४६ हजार ९४८ पटक खरिद–बिक्री हुँदा ४ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्ला हप्ताहरुको तुलनामा यो हप्ता नेप्सेमा कारोबार रकम पनि निरन्तर खुम्चिरहेको छ।

बुधबार बैकिङ, विकास बैंक, निर्जीवन बिमा, लघुवित्त र जीवन बिमा समूह क्रमशः १०.९, १०.८४, १२७.३६, ४०.०१ र १२८.८३ अंकले घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै व्यापार समूह २९६.९७, होटल तथा पर्यटन समूह ५१.७२, जलविद्युत समूह ४.१८, वित्त समूह ४.५३, उत्पादन समूह ९५.७६ र अन्य समूह ३८.७३ अंकले बढेको छ।

Advertisement

कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा आज नेपाल टेलिकमको सबैभन्दा धेरै ५५ करोड ७० लाख ८० हजार रुपैयाँ बराबरको ४ लाख ३२ हजार ७४० कित्ता सेयर किनबेच भएको छ।