September 2, 2026, Wednesday
२०८३ भाद्र १७
1:37:26 pm

नेप्सेमा सामान्य सुधार

काठमाडौं- यो साता कारोबारको पहिलो दुई दिन निरन्तर ओरालो देखिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा मंगलबार सामान्य अंकको वृद्धि देखिएको छ। मंगलबार परिसूचक २.५६ अंकले बढेर २३९१.७४ अंकमा कायम भएको हो।

मंगलबार २१६ वटा कम्पनीको ९० लाख १२ हजार ८५३ कित्ता सेयर ४६ हजार ५४० पटक खरिद–बिक्री हुँदा ३ अर्ब ३७ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। खुम्चिँदै गएको कारोबार रकमले मंगलबार पनि निरन्तरता पाएको छ। 

मंगलबार ६ वटा समूहको उपसूचक रातो र समान ६ वटाको उपसूचक हरियो देखिएको छ। सबैभन्दा धेरै व्यापार समूहको उपसूचक ७२.५९ अंकले घटेको छ। त्यस्तै विकास बैंक समूह २.३५, जलविद्युत समूह ३१.८३, निर्जीवन बिमा समूह ६२.६, अन्य समूह २०.११ र म्युचुअल फन्ड समूह ०.०१ अंकले घटेको छ। 

Advertisement

सबैभन्दा धेरै जीवन बिमा समूहको परिसूचक २३०.२९ अंकले बढेको छ। त्यस्तै बैंकिङ समूह ३.६७, होटल तथा व्यापार समूह ८६, वित्त समूह १.२१, उत्पादन समूह २३.२५, लघुवित्त समूह २७.३६ र लगानी समूह ०.२ अंकले बढेको छ। 

नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै १९ करोड ३८ लाख ७९ हजार रुपैयाँको कारोबार भएको छ। कारोबार भएका सेयर संख्याका आधारमा भने नेसनल हाइड्रोपावर कम्पनीको ७ लाख ३३ हजार ९५६ कित्ता सेयर खरिद–बिक्री भएको छ।