September 1, 2026, Tuesday
२०८३ भाद्र १६
1:37:26 pm

आठ महिनामा भित्रियो करिब साढे ६ खर्ब रेमिट्यान्स

काठमाडौं–चालु आर्थिक वर्षको आठ महिनामा ६ खर्ब ४२ अर्ब १४ करोड रुपैयाँ बराबरको विप्रेषण भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको आर्थिक विवरणमा विप्रेषण आप्रवाह ८.६ प्रतिशतले वृद्धि भएको जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १.५ प्रतिशतले बढेको थियो।

अघिल्लो वर्ष १.५ प्रतिशतले बढेको अमेरिकी डलरमा विप्रेषण आप्रवाह यो वर्षको सोही अवधिमा  ५ प्रतिशतले वृद्धि भएको छ।

Advertisement

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या भने ७४.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४.२ प्रतिशतले बढेको थियो। 

सोही अवधिमा वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिनेको संख्या ६५.२ प्रतिशतले घटेको छ।