July 8, 2026, Wednesday
२०८३ असार २४
1:37:26 pm

नेप्से ३५.८९ अङ्‍कले घट्यो, पाैने ९ अर्बको कारोबार

काठमाडाैं- साताको पहिलो दिन आइतबार धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्‍कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्‍जका अनुसार ३५.८९ विन्दुले घटेर दुई हजार ६९९.५१ कायम भएको छ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.२९ ले घटेर ४८६.१६ मा ओर्लेको छ। कूल २०७ कम्पनीको एक करोड ९५ लाख २८ हजार ६५६ कित्ता सेयर आठ अर्ब ८० करोड १८ लाख तीन हजार २१५ रुपैयाँमा खरिद-बिक्री भए। आजको कारोबारपछि बजार पुँजीकरण ३७ खर्ब ३७ अर्ब ८२ करोड नौ लाख १० हजार रुपैयाँ बराबरमा रहेको छ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सामूहिक लगानी कोषको मात्रै सेयर उकालो लागेको छ। सो उपसमूहको ०.०६ विन्दुले बढेको छ। यस्तै, बैंकिङ ३३.२९, व्यापार १२५.३९, होटल तथा पर्यटन ९२.७९, विकास बैंक ४८.३, जलविद्युत् ३२.३८, वित्त १६.०६, निर्जीवन बीमा १८३.१९, उत्पादन ६७.८६, अन्य २१.०१, लघुवित्त ५०.३२, जीवन बीमा ११६.६२ र लगानी ०.४६ विन्दुले ओरालो लागेको छ।

Advertisement

कारोबारका आधारमा एभरेष्ट बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको ८७ करोड ६२ लाख ९९ हजार २६८ रुपैयाँ बराबरको कारोबार भयो। 

नेप्सेका अनुसार महिला लघुवित्त ९.९३, ज्योति लाइफ इन्स्योरेन्स ९.९१, दिव्यश्वरी हाइड्रोपावर ९.४५, नेपाल हाइड्रो डेभलपर ९.०३, एआरएन इन्फ्रास्टक्चर ५.८६, जोशी हाइड्रोपावर ५.०७, अरुण काबेली पावर ४.४६, युनियन हाइड्रोपावर २.९९ र एचआईडीसीएलका लगानीकर्ताले २.९३ प्रतिशतले कमाए।